Tuesday, June 27, 2017

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा




म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर आज अचानक 
पत्रिका परेको नजरले अचम्मै बनायो ।
हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? 
राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ?

कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकारपुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । 


साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा
हामी दुबै जना सँगै काम गर्थ्यौ । 
हामी मतलब राज र म । 
हामी साउदीको मुटु राजधानी रियादमा थियौ। राज सप्लाइ डिपार्टमा कार्यरत थियो। उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो। त्यसै क्रममा राजकोभेट नुर सँग भएको थियो।




राज सँधै उनको बारेमा बताउथे ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने
राजको ब्यवहार देखेर म आफै
थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
आखीर नुरमा के छ यस्तो ?

मलाइ राजले फोटो देखाए पनि 
म रुपमा कहिल्यै बिस्वास गर्दैनथेँ ।
रुपमा किन मर्छस् राज सुन्दर फुल भित्रको 
राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न
जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन
तर पनि होस् गर राज यहाँको कानुन
तैले सुनेकै छस् ।
फेरी हकिकतमा देख्न नपरोस् । 
राज भावुक बनेर भन्थे -
“बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,
बाग्मतीको पानीले चोखीन नपाइएला,
चन्दन सँगै जल्न नपाइएला
तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? 

हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा
तर पनि माया भनेको माया हो ? नेपाल रहँदा सम्म कोही कसैमा 
आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल 
जे होगा देखा जायगा ।।।



नुर र राजको प्रेम देखेर मलाइ पनि
डाहा हुन्थ्यो । 
मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । 
मरभुमी राप भित्र पनि राजको चमकता
र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।
उनिहरुको प्रेम झाँगिदै थियो । 
कहिले भेटेर त कहिले फोन बाट नै 
लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो । 



म कहिले काँही जिस्काउथेँ 
“राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। 
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ ? )
“ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।

उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।
एक कान दुइ कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।

मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । 
राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा 
मेरो मुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले
राजलाइ बचाउला जस्तो लागेन। 


म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । 
मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘





मेरी नुर !
जुनी जुनी जिउनु ल । 


तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । 
तर पनि मलाइ दुख मन छैन । 
किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । 
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।भेट्दा, कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । 
तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । 

तिमीलाइ थाहा छ नुर ?
मेरो घर पहाडमा छ । 

प्रकृतीको धनी मेरो गाँउ
छहरा, पहरा, लहराले भरीपुर्ण छ । 
तिमीलाइ थाहा नै छ होला ।
पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । 
तर पनि मेरो ठम्याइ छ । 
त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर 
मोहित हुने थिए । 
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर
सुन्न चाहन्थ्यो । 
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- 
“आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) 


हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । 
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । 
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । 
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले 
मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । 
तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । 
कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु
यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।

मान्छे आखीर मान्छे हो नी नुर 
जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
तिमी नै भन त 
जन्मनु भन्दा अगाडी तिमी कुन  धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत रातो अनी मुश्लिम,
क्श्चीयनको  सेतो,हरियो हुन्छ ?
की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।

हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? 
सँधै पैसाकै पछाडी कुद्छन् । 
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालाहरु पूर्ण  हुन्थे ।
उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने
तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । 
तिमीलाइ त माया गर्न आउछ नी है ?

तिमी सँग भेट हुने यही अन्तीम हो । 
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि 
तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग 
बिदा माग्न पनि नपाइयला की झै लाग्छ । 
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । 
यो बेग रोक्नु पर्छ मैले , जुन बेगमा म भावना पोखी रहेछु ।  


                                                              तिमीलाई सधै असिम प्यार गर्ने 
                                                              उही तिम्रो राज !!

                     ⤘⤘⤘⤘



हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! 
दाइ के छ हो आजको हट न्युज ? 
म झसङ्ग भए । 
सँगै काम गर्ने भाइ रहेछ ।
आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि । 
नुरले आत्महत्या गरीछे यार । 
को नुर ? 
राजकी नुर ? 
अँ हो ।
त्यसले यतीका पछी किन आत्महत्या गरी त ? 
थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । 
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । 
मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । 
अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । 
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?
उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । 
यो जमानामा पनि यति कुराको के चिन्ता ? 
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।




‘नमस्ते देवर बाबु  !
 सञ्चै हुनु हुन्छ ? 


मैले राजको बारेमा आज मात्र थाहा पाँए । 
मलाइ फोन, नेट सबै तिर बन्देज लगाइएको थियो । 
आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । 
मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । 
त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । 
जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । 
उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । 
त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । 
म निष्ठुरी होइन बिशाल बाबु । 
मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो । 
अनी गर्नेछु त त्यो पनि राजलाइ । 
सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो
तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । 
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? 
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ । 
तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ 
सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? 
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । 
मैले गल्ती त गरीन नी है बिशाल बाबु ? 
बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा 
राजको ओठ बाट सबै सुनेको छु । 
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने 
म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने
हजुरलाइ देखाउन सक्नेछु ।
मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।


                                                        उही हजुरको हुन नसकेकी,
                                                        हजुरले फोनमा जिस्काउने, 
                                                        हजुरकी भाउजु ‘नुर’ !!!

No comments:

Post a Comment