सुन्दर भविष्यको सपना बोकेर प्रवासमा पुगेका नव जबानले
किन प्रवासी भूमिमै आफ्नो देह त्याग गर्छन् ? एउटा नव जबान जो आफ्नो सुन्दर सपना र आफ्नो
बाबु आमा, परिवारको अनुहारमा खुशी ल्याउने आशामा विदेश जान्छ , आफ्ना सपनाले साकार रूप
लिन नपाउँदै बाकसमा बेरिएर नेपाल फर्कनु अवस्य पनि व्यक्ति परिवार र समाज हुँदै राष्ट्रकै
लागि अपुर्नानिय क्षति हो भन्नेमा कसैको दुइमत नहोला
आखिर किन हुन्छ त आत्महत्या जस्तो दुःखद घटना
प्रवासी भूमिमा ? यसको कारण र समाधानका उपाय बेलैमा नपैल्यौने हो भने नेपाली
समाजमा यसले एउटा ठूलो चोट थोपरनेछ
घर परिवार आफन्त बाट टाढा हुनुको पीडा, लगातारको
कडा परिश्रम , सम्बन्धित देशको भाषा , संस्कार तथा हावापानी र रहनसहनमा सजिलै
घुलमिल हुन नसक्नू , विदेशमै रहेका नेपालीको असहयोग तथा एक्लो पनाले गर्दा हुने
तनावको कारणले गर्दा नै अधिकांश नेपाली डिप्रेशनको बन्न पुग्दछन
यो भिडियोले यस्तै पीडालाई समेटेर संदेश दिन
खोजेको छ यस समस्यालाई निराकरण गर्न व्यक्ति स्वयम् र सरकारले जिम्बेवारीपूर्ण
भूमिका निभाउनु आबस्यक छ
चन्द्र लामा अनुराग ,खिम श्रेष्ठ , किम् यंग हान ,अजिता
जोनी सिंहको अविनय रहेको यो “ काठको बाकस “ चलचित्रमा लेखन छाँयाकन र निर्देशन
सुरज तामाङले गर्नुभएको छ भिडियो हेर्न यहाँ Click गर्नुहोस
No comments:
Post a Comment