Sunday, August 6, 2017

कोरियामा रहेका एक नेपालीले कोरियाबाट नै यस्तो मार्मिक प्रश्न गरे भने ‘म को हुँ ?


मधुसूदन ओझा
म आफु जन्मे को देशमा परिवार को साथ मा बसि भबिस्य का सपनाहरु पूरा गर्न सक्ने भई दिएको भए यति टाढा बिदेशमा आउने थिइन होला। जिविको पार्जनको लागि आफू बसोबास गरिरहेको ठाउँ छोडेर कोरिया आएर मजदुरी गरि ज्याला लिएर जिउन बिबस प्रवासी मजदुर हु म।

कोरिया मा प्रवासी मजदुर को निम्ति लागु गरिएको इपियस मा कम्पनी स्वईच्छाले परिवर्तन गर्न पाउने अधिकार छैन मलाई। सबै निर्णय मैले होइन कम्पनी मालिक ले गर्ने गर्छ किन कि म कम्पनी संग त्यस्तो सम्झौता गर्न बाध्य छु।मजदुर कानुन अनुसार मैले सेवा सुबिधा पाउनु ब्यबहार राम्रो गरिनु मेरो अधिकार हो।मजदुरि गर्ने क्रममा कुनै दुर्घटना मा नपरी स्वस्थ्य भई जिउने अधिकार छ मलाई। तर कोरिया मा ठिक बिपरित ब्यबहार गरिन्छ म माथी सेवा सुबिधा र हक अधिकार माथी कुठाराघात गरिएको छ भने मजदुरी गर्ने क्रममा रोजगारदाता को लापरबाही( काम गर्दा सुरक्षा सम्बन्धि आवस्यक उपकरण को कमि) का कारण अकालमै ज्यान गुमाउन र अंग भंग हुन बिबस छु म। दैनिक १३/१३ घण्टा काम गरि महिना मा ३० दिन काम गरेबापत बेसिक ज्याला समेत पाउदैन मैले । कोरियाली मजदुर ले केही भएपनी मजदुर कानुन मा संरक्षण प्राप्त गरेको भए पनि मलाई कोरिया मा मजदुर को दर्जा बाट कोसौ दुर दास बनाएर राखेको छ इपियस ले । आफू माथी भएको अन्याय को लागि न्याय माग्न सम्बन्धित निकाय मा जाने हो भने उल्टो पीडित को कुरा लाई भन्दा पनि पिडक को कुरा लाई मात्र प्राथमिकता दिइन्छ । विभिन्न झुठा आरोप मा सजाय पनि दिइन्छ कोरिया मा मलाई। बिदेशी भएकै कारण कार्य स्थल मा आफू भन्दा सानो उमेर को कोरियन ले समेत होच्याएर हेर्ने गर्छ मलाई। मेरो दैनिकी कार्यस्थल मा धम्की, कुटपिट , गाली गलौच र दुव्र्यवहार को सामना गरेर सुरु हुन्छ।

प्लास्टिक को घर, कन्टेनर मा मानिस बस्न सक्छ त्यो पनि लाखौ भाडा तिरेर ?
तर पनि म ट्वाइलेट , बाथरुम, पानी नभएको र गर्मी मा ४०/४० डिग्री तापक्रम भएको थोत्रो कन्टेनर जस्को एउटा कोठा मा चार चार जना को दर ले लाखौ भाडा तिरेर बस्न बिबस छु म। बर्षायाम मा पानी पर्दा बर्सात को पानी पुरै भित्र पस्ने बोइलर बिनाको कोठा को लाखौं भाडा तिरेर बस्न बाध्य बनाइएको छ मलाई। काम गर्दै गर्दा कामको कारण या अन्य कुनै कारण बिरामी हुनुपरे पनि चुपचाप सहिबस्नु पर्ने हुन्छ मैले उपचार गर्न या कामको कारण भए कार्यस्थल परिवर्तन गर्न मिल्दैन मलाई। उल्टो काम गर्न मन नभए आफ्नो देश फिर्ता होइन भने काम गर नभए गैरकानुनी बनाईदिने धम्की दिने गरिन्छ मलाई। कोरिया मा महिला दिदी बहिनी लाई कानुनमै पुर्ण अधिकार भए पनि म माथी भने कार्यस्थल हातपात र अभद्र व्यबहार गरिदा समेत ठुलै प्रमाण जुटाउनु पर्ने हुन्छ मैले।

के म मजदुरि गर्न कोरिया जवर्जस्ती आएको हु त?
अवस्य पनि होइन कम्पनी लाई मेरो आवास्यकता परेको भएर कम्पनी ले लिएर आएको हु तर म माथि कोरिया मा जवर्जस्ती पसेको घुस पैठिया को जस्तो व्यबहार गरिन्छ। अपराधीक गतिविधि गर्ने अपराधी सोचिन्छ र खानै नपाएर आएको कंगाल जस्तो नजर ले हेरिन्छ कोरिया मा मलाई । रोजगारदाता लाई मैले गधाले जस्तो काम गर्न सकेन र सधै उसको बफादार दास जस्तो भएर नजर झुकाएर हेरेन र कम्मर भाच्चिने गरि ढोगेन भने राम्रो मान्दैन मलाई। कार्य स्थल मा धम्की, कुटपिट, गाली- गलौच र अनेकन अभद्र व्यबहार को सामना गरिराखेको छु म।

के म योन हिंसा को सिकार हुन, कुटपिट र गाली सहन कोरिया आएको हु त?
कोरियन नागरिक लाई ठेगना सोधेकै भर मा जेल जानु पर्छ मैले तर कार्यस्थल म माथी कुटपिट,गाली गलौच, दुव्र्यवहार भैइ रहदा प्रमाणित गराउन गाह्रो हुन्छ । के म बिदेशी भएकै भएर यसो भएको हो त?कोरिया मा मैले बिभिद धार्मिक , जातिय,बर्णिय विभेद को सामना गर्नु परेको छ। मैले कोरिया को सार्वजनिक स्थान या सार्वजनिक यातायात का साधन प्रयोग गर्दा मलाई फरक दृस्ठिकोण बाट हेर्ने गरिन्छ। म पनि अरु जस्तै मानिस अनि मजदुर हो।

अभद्र ब्यबहार गर्दा किन यस्को विरुद्ध मा कुरा उठाउन सक्दैन त म ? म कोरियन नागरिक न भएकै कारणले किन भेद भाव भोग्नु परेको होला? कोरियन सरकार ले प्रवासी मजदुर को आवस्यकता परेर ल्याए को भए पनि किन दास को जस्तो ब्यबहार गर्छ म माथि।
म स्वयम् ले मेरो अधिकार को बारेमा आवाज उठाइन भने अरु कसैले मेरो अधिकार को निम्ति आवाज उठाउने बाला छैन। चुपलागेर बसेमा मेरो अधिकार प्राप्त हुनेवाला छैन।त्यसकारण मेरो अनि तपाईं हामी सबै प्रवासी मजदुर को हक अधिकार का निम्ति २०१७ अगस्ट २० तारिक दिउँसो २:३० बजे सउल छोङगाक मा जम्मा हौ। आफू खुशी कम्पनी परिवर्तन गर्न पाउने नियम सहित को डब्लुपियस का लागि र प्रवासी मजदुर माथी गरिने विभिन्न भेद भाव अन्त का लागि दवाव शृजना गरौ।
प्रचार प्रसार बिभाग एमटियु दक्षिण कोरिया

Source : OSNepal

No comments:

Post a Comment