Tuesday, August 29, 2017

‘यौन, नैतीकता र विवाह



छुच्चो भएर मैले भन्नै पर्छ ‘यौन र नैतीकता’ अनी ‘सेक्स र विवाह ‘ लाई जती बढी पाखण्डी र पौरानीक किसिमले सोचिन्छ त्यती नै युवा युवतिलाई हामी जोखिममा परेका हुने छौ । एउटा प्रसङमा ओशोले भनेको सम्झिन्छु ” हरेक छत मुनी हरेक राती जे ज्ञात कर्म मान्छे गर्छन्, त्यस बारे कुरा गर्नु किन यती डर छ मान्छेलाई’ ?
हामी हाम्रा छोराछोरी नबिग्रिउन भन्छौ । राम्रो कुरा हो नबिग्रनु । तर जे गर्दा बिग्रेको ठान्छौ, हामी हरेक राती त्यही किन गर्छौ? ए कुरा बैधानिकताको हो क्यार ! विवाह गरेरमात्र यो नैतीक क्रीया हुन्छ । त्यसो भये ‘बिबाह सम्बन्धी कानुन त्यो नैतीक मार्ग हो जसले हाम्रो समाज को अनैतीक हुने सम्भावना रोकेको छ । तर यो पनि तर्कसंगत लाग्दइन किनकी ‘बिबाहितहरु पनी त सबै परिवारको धर्ममा बाधिएकै छन भन्ने केही छैन ।

मैले सयौ युवा युवती सँगको कुराकानीमा प्रष्टै सुनेको छु उनिहरु बाल्यकालमै विवाह गर्न चाहदैनन । तर उनिहरु प्रेम गर्न चाहन्छन । मैले पनि आफ्नो जमानामा प्रेम गर्न चाहे, तपाईंले पनि चाहनु भो, र प्रेमको आवश्यकता मानव शरीर र मस्तिस्कको टार्न नमिल्ने जैबिक ‘स्टेज’ अबधी हो । जसरी महिनावारी रोकिएकी पौढ आमालाई हर्मोनको इम्ब्यालेन्स हुन्छ तेसैगरी किशोरि छोरी छोरालाई नयाँ अध्यायको जैबिक आवश्यकता को बेला आउछ ।
उनिहरुलाई नियन्त्रण गर्न सर्बाधिक सजिलो भ्रम कि त पाप र भगवानको डर देखाउनु थियो कि त नैतीकता । तर पाप, धर्म, नैतीकता पढाउने अबिभावक र स्कुल भन्दा शक्तिशाली तरिकाले तिनिहरु भ्रम हुन भन्ने ‘शिक्षा’ पाउन छोराछोरी स्वतन्त्र भये । हाम्रो डर र उनिहरुको ज्ञान आपसमा बिरोधआभाषी भएका छन ।

यौन तपाईंले रोक्न नसक्ने ‘शक्ती’ हो । त्यसको नियन्त्रणले कुण्ठा र बिकार पैदा गराउछ । तर यो भन्दा खतरानाक छ यौनको बेहोस् र स्वच्छन्द व्यबहार । एसबारे हाम्रा परिवार मौन छन, बिद्यालय मौन छन, युवा र किशोर किशोरि मौन छन किनकी कुरा गर्नु भन्दा लुकेर यसबारे सोच्नु नै उपाय भएको छ । प्रेमलाई निर्वाध स्विकार गर्नुले यौन बारे सोचेर खपत हुने शक्ती लाई साकारआत्मक दिशामा लैजान्छ ।
हामी प्रेमलाई पर्खाल लाउछौ- छोराछोरी भागेर विवाह गरिरहेका छन । यौन र विवाह आपसमा जोडीनु हुँदैन । विवाह एक संस्था हो जो कानुन र समाज बिच सन्चालन हुन्छ । तर यौनिकता नितान्त जैबिक कुरा हो । मैले धेरै घटना सुनेको छु, केटाकेटी एक रात घर बाहिर बसेपछी ‘छोरी अर्काकी भएको’ र तुरुन्तै विवाह गर्नै पर्ने भएका घटना ।
के त्यो ठीक थियो त १४ बर्ष कि बालिका जस्को मस्तिस्कले ‘ठिक्-बेठिक’ छुट्याउदैन तिनलाई विवाह गर्न वाध्य पार्नु पर्छ त? ति किशोरिले उनको मस्तिस्कको बहाव र यौनिक जिज्ञासाले एक रात, एक हप्ता बाहिर बिताउदैमा- विवाह गर्नै पर्छ त? शायद तिनले यो शिक्षा सिकेकी हुनु पर्छ कि उनी अब आफ्नै कौतुहलता बारे जानकार भएकी छन । यही कुरा छोरा माथि लागु हुँदैन किनकी यौनिक नैतीकताको तराजुमा छोरीमात्र बस्नु पर्छ ।

मेरो विचारमा हाम्रा स्कुल, परिवार, समुदाय र संस्थाहरु भित्र यो मौनता टुटनु पर्छ । अन्यथा लुकेर, भागेर, रहस्य मानेर हाम्रा केटाकेटी कैयन एस्ता चिज गर्नेछन जस्को पत्तो हामीलाई हुनेछैन- केवल परिणाम मात्रा हुनेछ पश्चातापको । तेसै पनि मस्तिस्कमा धेरैजसो के कस्ता चिज भरिएका छन- कसैले ढाटन जरुरी छैन, या भनौ ‘हिपोक्रेसी’ र अनाधिक्रित अपेक्षा नराख्नु राम्रो ।
सदियौ देखी ‘हाम्रो बेला ठीक थियो र अहिलेको पुस्ता खराब’ भन्ने भजन हरेक पुस्ताले गाउदै आएकै छन । सर्बाधिक यौनिक मस्तिस्क तिनिहरुको हुन्छ जो यौनिकतालाई ‘रहस्य’ बनाएर बोक्ने गर्दछन । पछील्लो अवस्थामा ‘किशोरकिशोरी’ आँफै भागेर विवाह गर्ने सन्ख्याको मुल कारण ‘यी नैतीकताका पर्खाल हरु हुन जो छोरीलाई मात्र घेर्न बनाइएका छन ।

नरबहादुर कार्कीको फेसबुकबाट साभार

No comments:

Post a Comment