हिजो सिगांन पुछी-पुछि धोक्रो सुकुन्जेल चिच्याएर हात समाई-समाई आफु जलेर अरुलाई ज्ञानको ज्योति दिने तिनै शिक्षक होइनन् ? ३० औं वर्षसम्म चकको धुलो खाएर आज जन्डिस भएर थला परेकाछन् राम्ररी खानुछैन समस्या पर्दा , मर्दा मुद्दा मिलाइदिने समाजको सेवा गर्ने तिनै अस्थायी शिक्षक होइनन् ?
३० औं वर्षसम्म तिनैले स्कुल धान्दा ती अयोग्य भएनन् आज अयोग्य भए त्यसोभए फिल्मी गीत सुनाएर स्थायी भएका सबै योग्य छन् ? यदि अस्थायी भन्ने अयोग्य नै हुन्छन् भने ति अयोग्यलाई ६ महिनाको लागि नियुक्त गरेर आज सम्म किन राखियो ? त्यों बेला कुन दुलोमा हुनुहुन्थ्यो ? वार्षिक रुपमा आयोग खोलेर अवसर दिएको भए आज बिन्ति बिसाउँदै बस्दैन्थे , गिट्टी फोडेरै खान्थे , नभए देश छोडेरै जान्थे । उनिहरुको उर्जनशील उमेरलाई खुबै उपयोग गरेर आज आश्रित बनेपछि रित्तै घर पठाईदिने ? आत्महत्या गर्न बाध्य पारिदिने ?? एकपल्ट अवसर देऊ सके गर्छ नसके मर्छ ? हाम्लाई टिका लगाई दिएर स्थायी गर्दिऊ पनि त भनेको छैन नी सरकारलाई ! कत्तिलाई जिन्दगीको डुङ्गा तारीदिएर आफु जहाँको त्यहीँ छ आज.............................
कुन जमानाको कोर्ष पढेको शिक्षक आधुनिक शिक्षाको प्रणालीसँग पैठोजोरि खेल्न तैयार छ ,१०० अंकको परिक्षामा निर्धारित उत्तिर्णाङ्क ल्याएर अन्तरवार्ता हुँदै कक्षा अवलोकन मार्फत स्थायीको निम्ति सिफारिस हुन राजी छ । आजसम्म पनि ब्यबस्थापन गर्न सकेन सरकारले । उनिहरुको के दोष छ पटक-पटक आश्वाशन देखाएर फकाई-फकाई भीरमा लगेर घचेट्न खोज्नु कहाँ सम्मको मानवता हो । भनसुन र राजनीतिको भागबण्डामा नियुक्त भएको भन्ने कुन नियमावलीमा छ ? उनीहरु पनि १०० अंकको परिक्षामा प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति, परीक्षा समिति, बिषय बिशेषज्ञले निकालेको प्रश्नपत्र पास गरेर जिल्ला शिक्षा अधिकारी, विद्यालय निरिक्षक र श्रोत ब्याक्तिको रोहबरमा अन्तरवार्ता र कक्षा अवलोकनबाट अस्थायी दरबन्दीमा नियुक्त भएका हुन् ।
त्यसैले सकिन्छ भने आउनुहोस् राष्ट्रको पद्धति नै परिवर्तन गरौं । आजसम्म जे जे भयो भयो पुरानो रोगलाई बलझाएर कुनै अर्थ छैन ।
एकपल्ट सम्पूर्ण अस्थायी शिक्षकलाई अवसर दिएर नेपालमा अस्थायी भन्ने शिक्षक नै नराखौं होईन भने समाधानको बाटो नखोजी बिरोधमात्रै गर्यौ भने अझै अस्थायी शिक्षकको र आन्तरिक प्रतिस्पर्धाको कुरा चलिरहने छ करार नियुक्तिको संख्या सरकार/बिद्यालयले थपिईरहनेछ स्कूल चलिरहनेछ युवा पिढिको जागिरको शीलशिला टरीरहनेछ ।
By NepaliNewsSangalo
No comments:
Post a Comment