कोरिया सरकारले रोजगार अनुमति प्रणाली इपिएसको इ नाइन भिषा कडा पार्ने तयारी गरेको छ । विदेशी कामदार कटौति गर्ने रणनीति अनुरुप सरकारले नयाँ नीति र नियम मार्फत भिषामा कडाई गर्न लागेको हो । नयाँ नियम अनुसार गैर व्यावसायिक अर्थात इ नाईन भिषाका कामदारको भिषा अवधि एक पटक भन्दा बढि थप हुने छैन् । चार वर्ष दश महिनाको भिषा अवधि पछि इ नाईन भिषाका विदेशी कामदारले एक पटक भिषा थप्न पाउने नियम रहेको छ ।
कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । अहिलेको नियम अनुसार इ नाईन भिषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना वसेर काम गर्न सक्छन् । भिषा अवधि सकिएपछि उनिहरु स्वदेश फिर्ता वा अर्को भाषा परिक्षा दिनुपर्ने हुन्छ ।
कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरी चार वर्ष दश महिनाको भिषा नविकरण हुन्छ । नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ । कोरियामा इ नाईन भिषा प्राप्त गर्न कोरिया भाषा परिक्षा लगायत विभिन्न परिक्षणमा सफल भएमा सकिने प्रावधान छ । जस अन्र्तगत उमेर हदवन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भिषा अवधि सकिएपछि पनि भाषा परिक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ ।
यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यस बारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन् । नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ । सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ ।
नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन् । नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भिषा बाहेकका अन्य भिषाका लागि आवेदन दिनुपर्ने हुन्छ ।
नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरिया काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुने छ । उमेर उन्चालीस वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रुप लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन् । सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । नियम कार्यन्वन आएपछि स्वतः उनिहरु स्वदेश फिर्ता हुनुपर्ने छ । कोरियामा सन् दुइ हजार आठमा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढि नेपाली यहाँ आइसकेका छन् ।
Source : Hello Nepal Korea
No comments:
Post a Comment