Wednesday, August 2, 2017

Police Report कहाँ बनाउने ? के के चाहिन्छ ? कति दिन लाग्छ ? पुरा पढ्नुहोस ....

नयाँ भाषा परिक्षा पास गरेका साथिहरुको प्रोसेस 
दशै तिहार पछि सुरु हुने हुँदा दशै र तिहारको विचमा 
प्रहरी प्रतिवेदन (जसलाई चालचलन प्रमाणपत्र पनि भन्छ,
 बोलिचालीको भाषामा पुलिस रिपोट नि भनिन्छ।
, In English Character Verification Report) 
बनाउनु हुन EPS KOREA SECTION ले 
सुचना निकालेको हुँदा यो रिपोर्ट सम्बन्धि जानकारी पोष्ट गर्दैछु।


पुलिस रिपोटका लागि निवेदन दिने ठाउँहरु:


# प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : 
- रानीपोखरी,
- महाराजगञ्ज,
- भक्तपुर,
- ललितपुर,
# पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर,
# मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा,
# पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखरा,
# मध्य-पश्चिम क्षेत्रिय प्रहरी कार्यालय अन्तर्गत

   अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज
# सुदुर पश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपायल अन्तर्गत

   अञ्चल प्रहरी कार्यालय धनगढीमा

निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित

समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन 
बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक
अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । 
अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई
ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत 
भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि 
सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र 
बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । 
निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।


निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:


क) राहदानी (Passport) को सक्कल सहित 

    स्वप्रमाणित प्रतिलिपी थान १ ।
ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित 

     स्वप्रमाणित प्रतिलिपी थान १ ।
घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती 

    (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को 
    प्रमाणित प्रतिलिपी थान १ ।

* निवेदन वुझाउने समय :-

काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा - 
शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक 
हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र 
शुक्रबार १३:०० बजे सम्म मात्र ।

५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – 
दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म
तथा वितरण बिहिबार र शुक्रबार ।


Download Police Report File >> Click Here


स्रोत  EPS Sathi Santosh

No comments:

Post a Comment